हेमराज ज्ञवालीको निधन

हेमराज ज्ञवालीको निधन


नागरिक दैनिकका प्रकाशक विनोद ज्ञवालीलाई पितृशोक परेको छ । नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्षसमेत रहेका हेमराज ज्ञवालीको आज (शनिबार) निधन भएको हो । सामान्य प्रकारको अट्याकपछि ७९ वर्षीय ज्ञवालीलाई गंगालाल हृदय रोग केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।