सिरहामा पटाका तथा बिजुलीका सामान बरामद

सिरहामा पटाका तथा बिजुलीका सामान बरामद


सिरहामा प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करिब एक लाख ५० हजार मूल्यबराबरको विस्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विस्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नस्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विस्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करिब डेढ लाख मूल्यबराबरको बिजुलीका सामान बरामद गरेको छ ।