तुलाधरलाई भेट्न सभामुख महरा नर्भिकमा

तुलाधरलाई भेट्न सभामुख महरा नर्भिकमा


सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

न्युरो अस्पतालबाट तुलाधरलाई मंगलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सभामुख महरा नर्भिक अस्पताल गई तुलाधरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह तरलाधरको उपचारमा संलग्न छन् ।

सो अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

उपचारमा कुनै कमी हुन नदिन सो अवसरमा सभामुख महराले चिकित्सकसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुख महराको निजी सचिवालयले जनाएको छ ।