नेपाल र बंगलादेशका बैंकिङ इन्ष्टिच्युटबीच सहमतिपत्रमा हस्ताक्षर

नेपाल र बंगलादेशका बैंकिङ इन्ष्टिच्युटबीच सहमतिपत्रमा हस्ताक्षर


बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेश बीच बैकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीन रुपमा सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । ढाकास्थित बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा लक्ष्मीपूजाका दिन आयोजित एक विशेष अवसरमा भएको सहमतिपत्रमा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध संचालक डा. विनोद आत्रेय र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा. तोफिक अहमद चौधरीले हस्ताक्षर गरेका हुन् ।

नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरू र इमर्जिङ नेपाल लि.ले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालले बंगलादेशको केन्द्रीय बैंक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैैैंकहरुद्धारा प्रवद्र्धित सन् १९७४ देखि सञ्चालनमा रहेको बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टसँगको सहकार्यमा सर्टिफाइड शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरू आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यमार्फत नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छ ।

बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौँ वार्षिक बैंकिङ सम्मेलनका अवसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालका संचालकद्वय भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरू र इमर्जिङ नेपाल लि.ले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको संस्था हो ।