छठका लागि महोत्तरीमा भारतबाट ४० लाखको केरा आयात

छठका लागि महोत्तरीमा भारतबाट ४० लाखको केरा आयात


महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु. ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।

अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु. ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए । ट्रकको भाडा उनीहरूले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झन्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघरी केरा रु. चार सयदेखि रु. आठ सयसम्ममा बिक्री भइरहेको छ ।