निर्माण उपकरण प्रदर्शनी ‘ConMac २०१८’ शुरु

निर्माण उपकरण प्रदर्शनी ‘ConMac २०१८’ शुरु


निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी ConMac २०१८ शुरु भएको छ । भक्तपुरस्थित सल्लाघारी खुल्ला मैदानमा यही मंसिर ८ गतेसम्म चल्ने प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीको उपस्थितिमा आज उदघाटन गरेका हुन् ।

उक्त प्रदर्शनीमा JCB, L&T, Hyundai, Caterpillar, Tata Hitachi जस्ता ठूला कम्पनीलगायत भारतका १५० भन्दा बढी व्यापार कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गर्दैछन् ।

दुई देशबीच यस उद्योगमा रहेको उच्च तहको आदानप्रदानलाई थप सुदृढ गर्नका निमित्त दुवै देशका निर्माण कम्पनीहरुलाई एक ठाउँमा ल्याउने लक्ष्य यस प्रदर्शनीले राखेको बताइएको छ ।