भारतीय सीमामा सक्रिय बन्दै सशस्त्र प्रहरी

भारतीय सीमामा सक्रिय बन्दै सशस्त्र प्रहरी


– पुनहरि बेल्बासे, भैरहवा

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म डण्डाले पछिल्लो समय चोरी निकासी नियन्त्रणलाई तीव्रता दिएपछि भन्सार राजस्वमा वृद्धि भएको दाबी गरिएको छ । सीमा नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले खुला सीमा नाकाका कारण भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा भन्सार छलेर नेपाल ल्याउन लागिएका सामान सीमामा बरामद गर्ने क्रम बढेको छ ।

आर्थिक वर्ष ०७५/७६ शुरु भएदेखि हालसम्म लत्ताकपडा, किराना सामान, इलेक्ट्रोनिक सामान, हार्डवेयरका सामान, स्टेसनरी सामान गरी ५० लाख ९६ हजार ५ रुपैयाँबराबरको सामान बरामद गरेको छ । जसमध्ये साउनमा ११ लाख १२ हजार ६ सय रुपैयाँबराबर, भदौमा ५ लाख ५२ हजार ६ सय १० रुपैयाँबराबरको सामान, असोजमा २९ लाख ९८ हजार ९ सय ५ र कात्तिकमा ४ लाख ३९ हजार ८ सय ९० रुपैयाँबराबरको सामान बरामद गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७५/७६ शुरु भएदेखि ट्रक, पिकअप, मोटरसाइकल र साइकल गरी ४० लाख ७३ हजार मूल्यबराबरको गाडी बरामद गरेको छ । जसमध्ये साउनमा ५ लाख ४० हजार, भदौमा ४ लाख ९३ हजार, असोजमा २३ लाख र कात्तिकमा ७ लाख ४० हजारबराबरको गाडी बरामद गरेको छ ।

आर्थिक वर्ष ०७५/७६ शुरु भएदेखि १२ लाख ५९ हजार १ सय रुपैयाँबराबरको कुखुराको चल्ला नष्ट गरेको छ । जसमध्ये साउनमा २ लाख २२ हजार ८ सय, भदौमा १६ हजार, असोजमा ६ लाख ७० हजार ३ सय र कात्तिकमा ३ लाख ५० हजारबराबरको बोइल कुखुराको चल्ला नष्ट गरेको छ ।
बरामद सामानमध्ये केही सामान अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ भने अन्य सामान भैरहवा भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्दबहादुर खातीले जानकारी दिए ।

अनुसन्धानका लागि साउनमा ५ लाख ९३ हजार ७ सय ६८ रुपैयाँ, भदौमा ११ हजार २ सय ७५ रुपैयाँ, असोजमा २ लाख ४७ हजार र कात्तिकमा ६ लाख ९५ हजार २ सय ६४ रुपैयाँ मूल्य गरी जम्मा १५ लाख ४७ हजार ३ सय ७ रुपैयाँबराबरको सामान तथा गाडी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको खातीले जानकारी दिए ।

त्यस्तै गत साउनदेखि २२ जना व्यक्ति, १ वटा ट्रक, ५ वटा गाडी, १० वटा मोटरसाइकल, ९ वटा साइकल बरामद गरेको छ । विभिन्न सामानमध्ये १ करोड १९ लाख ७५ हजार ४ सय १२ रुपैयाँबराबरको सामान भैरहवा भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय बुटवल र कुखुरा नष्ट गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म डण्डाले साउनदेखि कात्तिक २९ गतेसम्म ४ जना लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

कात्तिकमा मात्र लत्ताकपडाबाट ४ लाख ९९ हजर ४४ रुपैयाँ, खाद्यान्नबाट १ लाख ४१ हजार ३ सय १६ रुपैयाँ, इलेक्ट्रोनिक सामानबाट ५९ हजार २ सय, सवारीसाधनबाट १२ लाख ४० हजार र कुखुराको चल्लाबाट ३ लाख ५० हजार गरी २ करोड २८ लाख ९ हजार ५ सय ६० रुपैयाँबराबरको बरामद गरिएको छ । भने चरेस ८० मिलिग्राम, फेनारगन ३० सिसी, डाइजापाम ३० सिसी, नुफिन ३० सिसी, नाइट्रोजन ट्याब्लेट १३० पिस, स्पास ३३ पिस र सिरिन्ज १ पिस बरामद गरेको छ ।