त्रिशुली जलविद्युत गृहमा आगलागी, २८ मेगावाट बिद्युत प्रणाली बाहिर

त्रिशुली जलविद्युत गृहमा आगलागी, २८ मेगावाट बिद्युत प्रणाली बाहिर


नुवाकोटस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्रको विद्युतगृहमा आगो लागेको छ । विद्युतगृहमा जडित २ नम्बर युनिटको सर्किट ब्रेकरमा आगलागी भएको हो । आगलागीका कारण विद्युतगृहका एक सुपरभाइजर र इन्जिनियर समेत घाइते भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार आगलागीका कारण २१ मेगावाटको प्लान्ट बन्द भएको हो ।

‘घटनापछि १६ मेगावाट र यसैको कास्केडको रुपमा रहेको देवीघाट बिद्युत गृहबाट उत्पादन हुने कारीब १२ मेगावाट गरी कारीब २८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ ।’ प्रवक्ता अधिकारीले भने, ‘यसले बिद्युत आपूर्तिमा भने कुनै असर पारेको छैन् ।’ घाइतेहरुको छाउनीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको छ ।