धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु. ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरिद–बिक्री भएको छ । आज कारोबार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोबारमा वृद्धि भएको छ । कारोबार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ ।
बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटेल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बिमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बिमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ ।
प्रतिक्रिया