कसले पोखे १८२५ को रिस २०६३ मा ?

कसले पोखे १८२५ को रिस २०६३ मा ?


bichar– इन्द्रप्रसाद ओली
संसारका सम्पूर्ण प्राणी एक परिवार हौँ भन्ने वैदिक सनानत हिन्दू धर्मको आर्दश मूल्य–मान्यता हो । भगवान् गौतम बुद्धको अहिंसा परमोधर्मले सिञ्चित भृकुटी, सीता, जनकको देश विश्वको मानचित्रमा सगौरव विराजमान वैदिक सनातन वेदभूमि, ऋषिमुनीहरूको तपोभूमि, एक मात्र हिन्दूराष्ट्र नेपाल । यो पुण्यभूमि नेपाल र नेपालीको मात्र होइन विश्वमा छरिएर रहेका दुई सय ७० करोड ओमकार परिवारको आस्था, श्रद्धा एक पवित्र धरोहर हो । आज यस पुण्यभूमिलाई फिरङ्गे चरित्रका देशी–विदेशीबाट जोगाइराख्न चुनौतीपूर्ण छ । हाम्रो राष्ट्रियता, संस्कार, संस्कृति, भेषभूषा, भाषाभाषी, मूल्य र मान्यताहरू भावी पुस्तालाई हस्तान्तरण गर्न हामीले कठोर साधना गर्ने बेला आएको छ । नेपालका इसाई मिसनरीहरूको धर्मान्तरणको विषय यति चर्चामा चुलिँदासम्म राज्य वा राजनीतिक पक्ष सबै मौन रहनु विडम्बनापूर्ण छ ।
अन्तरिम संविधानको भाग एक दफा ४ को १ मा धर्मनिरपेक्ष भन्ने वाक्यांश राखिए तापनि लोभचालचमा धर्म परिर्वतन गर्न पाइने छैन भनिएको छ । तर, इसाईहरूको विश्वव्यापी षड्यन्त्रअन्तर्गत नै अत्यन्तै उदार, सरल स्वभावका नेपालीमाझ इसाईकरणको अवैधानिक खेती चमर पैmलिँदो छ । धर्म परिवर्तनको माध्यमबाट नेपाल भूमिमाथि पूर्ण रूपले इसाई संस्कृत, साम्राज्यवाद कब्जा जमाउन लागिपरेका छन् । हाम्रो मौलिक धर्म, संस्कृतिलाई समाप्त पार्न फिरङ्गेहरू दानवीय शक्तिको रूपमा हाम्रासामु उभिएको छ । फिरङ्गेहरूको अकुत धनमा पल्कने देशी–विदेशी शक्तिहरू हाम्रो धर्म, संस्कृति, जातीय सद्भाव, मास्न षड्यन्त्रपूर्वक लागिरहेका छन् । धर्मान्तरण भयानक ठूलो राष्ट्रघाती हिंसा हो । सेवा, शिक्षा, स्वास्थ्यलाई देखाएर यस्तो जघन्य अपराध नेपालीले कुन हदसम्म धैर्यता राख्ने ? कहिलेसम्म ?
यो राष्ट्र दश–बीसजनाको ठेक्कामा चल्ने राष्ट्र होइन । हाम्रो मौनता, उदारता, सरलता, सहनशीलताको फाइदा उठाउने कुचेष्ठा नगरे वेश हुन्छ । पश्चिमी गोलाद्र्धदेखि आएर हाम्रो मौलिक धर्म, संस्कार, जीवनशैली, अपहरण गर्न दिग्भ्रमित पार्न अनेक रूपबाट आज सक्रिय छ । हामी नेपाली कति दीनहीन र कमजोर रहेछौँ भने हाम्रा गाउँ, घर, सहर, बजारमा पसी भ्रमको माल बेच्ने इसाई मिसनरीको आपराधिक काम टुलुटुलु हेरेर वस्नु कतिको स्वाभिमान हो नेपालीको ? राष्ट्रविरोधी काम नगर भन्न किन सक्दैनौँ ? हामीलाई थाहा छ– सरकार मौन छ । न त राज्यको कुनै पनि तहले ध्यान पु-याएको छ । चर्चहरू कति छन्, को–को पास्टर छन्, के कारणले धर्मान्तरण भइरहेको छ, आदि–इत्यादिको तथ्याङ्क कुन निकायसँग छ ? नेपालीले सामाजिक हितका लागि सङ्घ–संस्था खोल्दा प्रहरी चाल–चलनदेखि विभिन्न अड्डाका सिफारिसहरू, कर, दस्तुर तिरी दुःखले सामाजिक संस्थाको निर्माण गर्नुपर्ने, तर इसाई मिसनरीहरूले चर्च खोल्दै सरल नेपाली संस्कार, संस्कृति मास्दै हिँड्नलाई कुनै निकायसँग सम्बन्ध छैन । कुनै झन्झट छैन । यो कस्तो नियति हो । संस्था दर्ता ऐन २०३४ को दफा ४ र समाज कल्याण ऐन २०४९ को दफामा १३ अन्तर्गत चर्चहरूलाई कानुनी दायरामा राखिएको छ–छैन्, यदि छैन भने कानुनी दायरामा ल्याउनुपर्ने हो कि होइन ? आफ््ना राष्ट्रभित्र, राष्ट्रहितका लागि काम गर्न मन्दिर, मदरसा, गुम्बा निर्माण गर्न उल्लिखित प्रावधान चाहिन्छ अनि मात्र कानुनी मान्यताको पूर्ण संस्था हुनेछ । नियमको कसौटीमा सबैलाई राख्न आवश्यक हो–होइन र टोल–टोलमा ग्रुप—ग्रुपको जत्थामा इसाई मिसनरीहरूले धर्म परिवर्तन गराउन छुट दिनु कानुनसम्मत छ–छैन ? यो जवाफ दिने निकाय कुन हो ? सम्बन्धित नियायले मठ, मन्दिर, गुरुद्वार, मदरसा, गुम्बा, गुठी, चर्च आदि कहाँ कति छन्, तिनका सम्पर्क व्यक्ति को हुन्, त्यसको तथ्याङ्क राख्न जरुरी छ–छैन । यो सोचनीय र गम्भीर विषय हो ।
हाम्रा किराँत, शिख, जैन, बौद्ध, मुस्लिम, हिन्दूधर्म आदिको विविध संस्कृति, परम्परालाई निन्दा, अपमान गर्दै आफ्नो अमानवीय धारणा एवम् गलत कार्यलाई पैmलाउँदै नेपालको सनातनकालदेखि चलिआएको धर्मलाई अविकसित धर्म र इसाइयत परिपूर्ण धर्म भन्दै यो तपोभूमि, देवभूमि, गौतम बुद्धको शान्तिप्रिय देशमा दौडिरहँदा कहिलेसम्म दर्शक हुने ? यो मानवद्रोही, राष्ट्रद्रोही अभियानको निन्दा गरौँ । धर्म आफ्नो आस्था र स्वतन्त्रता हुनुपर्छ । विभिन्न षड्यन्त्रको सञ्जाल पैmलाएर गरिएको धर्मान्तरणजस्तो पाप बन्द गराउन सम्पूर्ण नेपाली एक हुनुपर्छ । अब ढिला गर्ने समय छैन । नेपालको अन्तरिम संविधान ०६३ ले नेपालमा धर्मपरिर्वतनलाई पूर्ण प्रतिबन्ध लगाइएको छ । अन्तरिम संविधान भाग ३ को मौलिक हक २३ अन्तर्गत धर्मसम्बन्धी हक १ मा भनिएको छ, ‘प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ, तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार गर्न पाइने छैन ।’ यसरी प्रस्ट हुदाँहुँदै इसामसीको सन्देश–स्वर्ग जान पाइन्छ भन्दै सरल नेपालीलाई फसाई एकाएक, रातारात टोल–टोलमा चर्च स्थापना गरिनुको पछाडिको कारण के हो ? हामी कहिल्यै पनि कुनै पनि धर्म तथा धर्म गुरुहरूको विरोधी होइनौँ र बाइबलको पनि विरोधी होइनौँ । हाम्रो शास्त्रले अतिथि देवो भवः भन्ने दृष्टान्तलाई आत्मासात् गरेको छ । सबै धर्महरूलाई सम्मान र बाह्य राष्ट्रका धर्मसंस्कारलाई पाहुनाको रूपमा स्वीकारिरहेका छौँ । तर, आज नेपालमाथिको धर्म र संस्कार–संस्कृतिमाथि किन यत्तिको षड्यन्त्र भइरहेको छ । त्यो मात्र हाम्रो विषय हो । यसमा किन राज्य मौन छ ?
यस कुरामा सचेत छौँ कि, छैनौँ ? संवैधानिक व्यवस्थाले पूर्ण प्रतिबन्ध गरेको धर्म परिवर्तनजस्तो राष्ट्रघाती काम मिसनरीहरू खुल्ला रूपले निसङ्कोच गर्दै छन् । संविधानको अपहेलना गर्ने छुट यिनीहरूले कसरी पाए ? धर्मान्तरण रोक्ने राज्यले हो कि, हामी नागरिक समाजले ? राज्यसँग जवाफको अपेक्षा राख्दछौँ । सम्पूर्ण धार्मिक, सङ्घसंस्था, चर्च आदिको संस्था ऐनअन्तर्गत रहनुपर्छ । कार्यक्रम सार्वजनिक गर्नुपर्छ । वार्षिक गतिविधि, आय–व्यय, आयस्रोत, दातृ निकाय, को–को हुन् ? सम्पूर्ण विषयको लेखाजोखा सम्बन्धित निकायले गरिनुपर्छ । आज आधुनिक विज्ञानले समेत हिन्दू दर्शनलाई स्वीकारिरहेको अवस्थामा नेपालमा यो स्तिथि आउनु दुर्भाग्य हो । आधुनिक विज्ञानले भौतिकवादी सिद्धान्तलाई इन्कार गर्दै हिन्दू दर्शन (पूर्वीय दर्शन) को पक्षमा रहेको पाइन्छ । विश्वको चराचर सृष्टिमा एकात्मकता छ । सबै एक–अर्कामा अविभाज्य सम्बन्ध छ । यो कुनै भौतिक संसार मात्र होइन ।
जीवमान र अजीवमान यस्तो किसिमको कुनै भेद छैन । सबै नै एउटै अविभाज्य इकाएका अङ्ग र उपाङ्ग हुन् । यो कथन आधुनिक वैज्ञानिकहरूको नै हो । त्यसैले त हाम्रो वेदशास्त्रसँग मेल खाएको छ । हाम्रा शास्त्र वेदले जातिपाती, वर्ण, लिङ्ग, रङ छुट्याएको छैन, सबै समान राखेको छ । त्यसैले हिन्दू दर्शन प्राकृतिक पूजक हो । सारा चिजलाई सम्मान गर्दछ । कुन धर्ममा कौवा पूजा हुन्छ, कुकुर, सर्प, खोला, नाला, सारा पृथ्वीको पूजा कहाँ हुन्छ ? कुन धर्ममा नारीहरूलाई सम्मान, आधार, पूजा कहाँ गरिन्छ ? यही हिन्दूधर्ममा मात्र हुन्छ । हाम्रो शास्त्रले देवीको रूपमा, सरस्वतीको रूपमा, कालीको रूपमा आदिले नारीलाई पूजा गरिन्छ । यस्तो सनातन धर्मलाई आज म हिन्दू हँु भनेर गर्व गर्न नसक्ने नेपाली कस्तो नेपाली ? विभिन्न कालखण्डका इतिहासहरूलाई हेर्दा इसाईहरू जहाँजहाँ गए त्यहाँ रक्तरञ्जित इतिहासको निर्माण गरे । अमेरिका गएर रेड इन्डियनबाहेक सबैको नरसंहार गरे । कोलम्बस पुगेको एक शताब्दीभित्र करबियन द्वीप समूहका लगभग असी लाख मानिसको नरसंहार गरे । ल्याटिन अमेरिकी देशहरूमा पन्ध्रौँ शताब्दीको अन्त्यमा नौ करोड जनसङ्ख्या थियो । कोलोम्बस त्यहाँ पुगिसकेपश्चात् केवल सवा करोड जनसङ्ख्या मात्र बाँकी रह्यो । अर्थात् त्यसबीचमा पौने आठ करोड मानिसको हत्या गरिएको थियो । अस्ट्रेलियामा त अत्यन्त थोरै मात्र त्यहाँका मूल वंशका बासिन्दा बचेका छन् । जङ्गली जनावरको सिकार गरिएझैं त्यहाँ नरसंहार गर्ने काम गरियो । अफ्रिका पाँच करोड कालाहरूको हत्या गरियो । प्राज्ञिक विद्यार्थी परिषद्, हिन्दुत्वको वैश्विक आवधारणा, इसाइयतको कुटिल मायाजाल आदिमा प्रस्ट छन् ।
यसै सन्दर्भमा विश्वका केही विख्यात विद्वान्हरूका सान्दर्भिक भनाइहरूबाट प्रमाणित र ग्रहणयोग्य देखिन्छन् :
डा. राधाकृष्णन् (पूर्वराष्ट्रपति भारत) — ‘धर्म परिवर्तनका लागि कसैसँग पनि बल प्रयोग तथा प्रलोभनको के औचित्य छ ? जब कि जुन धर्ममा कुनै व्यक्तिलाई धर्मान्तरण गरिँदै छ, स्वयम्मा पूर्णताको दावा गर्न सक्तैन । यसकारण धर्मान्तरणको निन्दा गरिनुपर्छ तथा यसलाई अवैध घोषित गरिनुपर्छ ।’ भन्नुहुन्छ जगद्गुरु शंकराचार्य (स्वामी जयेन्द्र सरस्वती) — ‘एसियामा इसाइयतका लागि कुनै स्थान छैन । स्वधर्ममाथि जसले खतरा पैदा गर्दछ, ऊ आपैँm समाप्त हुनेछ ।’ त्यसैगरी थोमस जेफर्सन (अमरेकी पूर्वराष्ट्रपति)— क्रिश्चियन धर्मले सुरुवातदेखि नै सबैलाई क्रिश्चियन बनाउन लाखौँ निर्दोष मानिसलाई अमानवीय यातना दियो । कतिलाई जेलनेल ठोकियो, कैयाँैलाई जिउँदै आगोमा होमियो, कैयौँलाई मानसिक तनाव दिइयो तर पनि संसारभरिका मानिसहरूलाई क्रिश्चियन बनाउने कुरामा एक इन्च प्रगति भएन । यस्तो बिनाअर्थको जोरजबर्जस्ती र हिंसाको के प्रयोजन ? संसारभरिका मानिसलाई क्रिश्चियन बनाउन खोज्दा क्रिश्चियन धर्मले विश्वको आधा जनसङ्ख्यालाई ढाँटेर, छलेर, दिग्भ्रमित पारेर मूर्ख बनाउने दुष्प्रयास ग-यो भने आधा जनसङ्ख्यालाई पाखण्डी बनायो ।’ दिनुहुन्छ आशीर्वचन राष्ट्रिय विभूति, महागुरु फाल्गुनन्द— ‘किरातीले वंश सोधे सूर्य वंश भन्नु, मार्गी सोधे शिव मार्गी भन्नु, अर्काको नक्कल गर्दा आफ्नो सक्कली पहिचान हराउने भएकाले आफ्नो इतिहास, धर्म संस्कृति, संस्कार, भाषा, लिपि र कर्ममा अडिग रहिबस्नु ।’ त्यसैगरी अलडस हक्सले (अङ्ग्रेजी साहित्यकार) — शाश्वत दर्शनको सुस्पष्ट एवम् सर्वस्व सार गीता हो । यस दर्शनको चिरन्तन महत्व सम्पूर्ण मानव जातिका निम्ति अमूल्य छ ।’ क्रमशः जर्जबर्नार्ड शा (प्रसिद्ध साहित्यकार)— जसको शिक्षाको आधार बाइबल छ ती मानिस पूर्णतः कुसुचित छन् र सबै प्रकारले अयोग्य छन् ।’ आइज्याक न्युटन (महान् वैज्ञानिक)— ‘क्याथोलिक चर्चद्वारा प्राचीन धर्मलाई भ्रष्ट गरिएको छ । यी पादरीहरू नग्न महिलालाई हेरेर किन तिनलाई प्रताडित गर्दछन् ।’ यसै सन्दर्भमा महात्मा गान्धीको भनाइ यस्तो थियो— ‘धर्म आत्मिक उन्नतिको विषय हो । गाँस, बास र कपासका लागि त्यसलाई बेच्न हँुदैन र धर्मपरिवर्तनले उचनिचको भावना कदापि मेटिन सक्दैन ।’ स्वामी विवेकानन्दको कथन छ, ‘जब हाम्रो समाजको एउटा सदस्य धर्मान्तरित हुन्छ, तब समाजको एक सङ्ख्या कम मात्र हुँदैन किन्तु त्यस समाजमा एक शत्रु पनि बढ्छ ।’ जोमो कन्येटा (अफ्रिकी देश केन्याका पूर्वराष्ट्रपति)— ‘जब इसाई मिसनरी अफ्रिका आयो त्यसबेला हामीसँग जमिनर मिसनरीसँग बाइबल थियो । उसले हामीलाई आँखा बन्द गराई प्रार्थना गर्न लगायो । जब हामीले आँखा खोल्याँै तब थाहा भयो कि हाम्रो जमिन उनीहरूसँग थियो भने हाम्रा हातमा बाइबल !’
यस्ता महान् आदर्श पुरुषहरूको भनाइलाई चिन्तन नगर्ने हो भने केवल हाम्रा हातमा बाइबल मात्रै त हुनेछैन ? हामी नेपालीले नतमस्तक भएर सोच्नैपर्छ । गम्भीर र धैर्यता नटुटाई यस धर्मान्तरण कार्यलाई रोक्नुपर्छ । आज विद्वान्को भनाइसँगै विज्ञानले प्रमाणित गरिरहेको छ । अबको जगत् वैदिक जगत् र अब विश्वको शान्तिका लागि हिन्दू दर्शन अपरिहार्य ठहर भएको छ र २१औँ शताब्दी हिन्दू शताब्दी हुनेछ भन्ने भनाइ आइरहँदा आज धर्मलाई लेन–देन बनाई इसाई मिसनरीलाई यस देवभूमिमा प्रवेश दिइरहेका छाँै । जब नेपालको राष्ट्र एकीकरणको सन्दर्भमा वि.सं. १८२५ मा काठमाडौं उपत्यका विजयपश्चात् पृथ्वीनारायण शाहले काठमाडौंमा इसाई धर्म प्रचार गरी बसेका पादरी केपुचिनलगायत इसाई बनेका केही व्यक्तिलाई उपत्यका निकाला गरियो । त्यसबेलादेखि २००७ सालसम्म नेपाल पस्ने हिम्मत गरेनन् । र, २००७ सालपछि केही छिटफुट रूपमा क्रिश्चियन पस्न थाले पनि कुनै विरोध उठेको थिएन विरोध नउठेपछि मिसनरी सेवाभाव देखाउँदै विस्तारै शिक्षा, स्वास्थ्यलाई लक्षित गरी पाल्पामा मिसन अस्पताल, पाटनमा शान्ता भवन मिसन अस्पताल, सेन्ट जेभियर र सेन्ट मेरिज स्कुल खोलेर यात्रा सुरु गरेका मिसनरी ०४६ मा अलि अगाडि बढे र सशङ्कित काम गर्न थाले र केही राष्ट्रघातीलाई हात लिई ०६३ मा सारा बल प्रयोग गरी जेठ ४ गते धर्मनिरपेक्षता गर्न सफल भई आज खुलेआम धर्मपरिवर्तन गर्न सयौँ विद्यालय, एफएम, अस्पताल, नेपाल रेडियो, टेलिभिजन प्रचार–प्रसारणका च्यानलसमेत खरिद गरी मिसनरीहरू योजनाबद्ध ढङ्गबाट अगाडि बढी नेपाललाई अस्तव्यस्त पार्ने संविधानविहीन अराजकता, राष्ट्र स्वाभिमानविहीन, भ्रष्टाचारी, कुशासन, संस्कार–संस्कृतिहीन र असफल मुलुकमा दर्ता गराउँदै छन् ।
वि.सं. १८२५ देखिको सबै रिस वि.सं. २०६३ जेठ ४ गते मिसनरीले पोखे । यो दिन नेपालीका लागि अशुभ र कालो दिन रहन पुग्यो । पृथ्वीनारायण शाहले उपत्यका विजयपछि इसाईहरूलाई निकाल्नुको पछाडि के थियो भने पृथ्वीनारायण शाह बनारसको भ्रमणको बेला भारमा इसाईहरूले हिन्दूहरूलाई मार्ने काट्ने अनेकौँ अत्याचार र ज्यादती देखेर अत्यन्त दुःखी भएका थिए र इसाई मिसनरीहरूले कब्जा जमायो भने यही गति हुन्छ भन्ने सोचेर हटाएका थिए, त्यहीदेखि उनीहरूको राजपरिवारलाई हेर्ने दृष्टिमा फरक थियो । विषय न प्रसङ्गबेगर राष्ट्रघातीहरूलाई हात लिई राजा हटाउने र धर्मनिरपेक्ष गराउने षड्यन्त्र सफल बनाए । राजनीतिक खोलमा क्रिश्चियनको असली अनुहार भएको सरल इमानदार नेपालीले पत्तै पाएनौँ । नेपाललाई एकीकरण गर्न आज नेपालीले नेपाली हुनुमा गर्व गर्ने अवस्थामा ल्याउन पृथ्वीनारायण शाहदेखि यहाँका राई, लिम्बू, मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, ठकुरी, राजवंशी, सन्थाल, दमाईं, कामी, थारू, शेर्पा, मुसलमान आदि सबै जातजातिको सक्रियतामा नै विशाल नेपालको एकीकरण भएको हो, त्यही भएर यहाँ सबै भाषाभाषी, संस्कार, संस्कृतिको उत्तिकै आदर सम्मान छ । सबै क्षेत्रमा समतामूलक प्रतिनिधित्व छ । अब हामी नेपाली वास्तविकतामा अडिग रहनुपर्ने बेला छ । बहकाउ र अरूको लहरमा घरको जग भत्काई बालुवाको जग बनाउने कोसिस नगरौँ । आ–आफ्नो इस्ट देवताहरूलाई आदर, सम्मान गर्दै वैदिक सनातन हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुमा गर्व गरौँ ।
(लेखक राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका केन्द्रीय अध्यक्ष हुन्)