– रोशन श्रेष्ठ
०४६ चैत २७ गते प्रजातन्त्र पुनर्वहालीको खुसियालीमा काठमाडौं खुलामञ्चको विशाल जनसभामा जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गेणशमान सिंहले उद्घोष गर्नुभयो, ‘राजनीतिक क्रान्ति समाप्त भयो, अब आर्थिक क्रान्तिको सुरुवात गर्नुपर्छ । नेपाली जनता रैतीबाट नागरिक भएका छन् । हामी सारा नेपाली जनताको क्रान्तिबाट प्राप्त प्रजातन्त्र संरक्षणका लागि सबैले आ–आप्mनो क्षेत्रबाट इमानदारीपूर्वक योगदान गरौँ …। कतै यो प्रजातन्त्र बाँदरको हातमा नरिवल नबनोस् ।’ उहाँलाई सुन्न भेला भएका जनमानसको हुलमा हामी केही विद्यार्थी पुल्चोक ललितपुरदेखि हिँड्दै खुलामञ्च पुगेका थियौँ । वीर अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएका सर्वोच्च कमान्डरलाई उक्त विशाल जनसभालाई सम्बोधन गर्न मञ्चमा ल्याइयो । पूmलका माला गलाभरि पहिरिएर मुस्कुराइरहेको प्रफुल्ल चेहरा, हातमा उहाँको प्रिय लट्ठीको सहारामा सहयोगीको साथमा उभिएर बोलिएका ती उद्गार यतिबेला झल्झल्ती याद आउँछ– कतै यो प्रजातन्त्र बाँदरको हातमा नरिवल नबनोस् !
त्यसपछिका दिनदेखि आजको यो सङ्कटपूर्ण घडीमा गणेशमानले भन्नुभएका कुराहरू सही रूपले कार्यान्वयन हुन नसकेको कारणले हामी नेपाली जनता पीडित भएको महसुस हुन्छ । खोइ त आर्थिक समृद्धि ? खोइ आर्थिक क्रान्ति ? गणेशमानले तत्कालीन महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवले अफर गर्नुभएको प्रधानमन्त्री पदलाई अस्वीकार गरी सँगै रहनुभएका सन्तनेता कृष्णप्रसाद भट्टराईलाई योग्य र सक्षम सम्झी उहाँलाई नै प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनुभयो । किसुनजीको नेतृत्वको सरकारले आप्mनो म्यान्डेट पाएबमोजिम २०४७ को प्रजातान्त्रिक संविधान निर्माण गरी आपैँm पराजित भएको सफल र निष्पक्ष आमचुनाव सम्पन्न गरी नेपाली काङ्ग्रेसको एकमना सरकार पनि बन्यो, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा । आप्mनै पार्टीको बहुमतीय सरकार पनि पूर्ण अवधि सञ्चालन गर्न नसकी गुट–उपगुटको जन्म हुन गयो । दुईतिहाइ बहुमतको आकाङ्क्षा राखी संसद् विघटन गरेर गरिएको चुनावले काङ्ग्रेसलाई एक सय १४ सिटको बहुमतलाई ८४ सिटमा झार्ने ‘सफलता’ दिलायो । गरिबी र बेरोजगारी समस्याले पिल्सिएका नेपाली जनताको आर्थिक समृद्धिको पाटो झनै अलपत्र पर्दै गयो । एमाले पार्टीको नौमहिने अल्पमतको सरकार, मिलिजुली सरकार र धेरै अभ्यासका असफल सरकार गठन भए । निराश र निरीह जनताको आकाङ्क्षा पूर्ण गर्ने भन्दै ०५२ फागुन २ गतेदेखि ४० बुँदे माग तेस्र्याएर जनयुद्धको घोषणा गरी माओवादी पार्टीले सशस्त्र आन्दोलन १० वर्षसम्म सञ्चालन ग-यो । यस्तै सङ्क्रमणकालीन जनयुद्ध चलिरहेकै बेला ०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशै नाश भयो नारायणहिटी राजदरबार हत्याकाण्डले । नेपाली जनताले मात्र होइन, सारा विश्व जनमानसले विश्वासै गर्न नसकिने यो दुर्घटनापश्चात् ज्ञानेन्द्र राजा घोषित भए । राजनीतिक पार्टीहरूको विभेद र आन्तरिक कलहकै कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस चढाबमोजिम राजा ज्ञानेन्द्रले फेरि संसद विघटन गरिदिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संसद् पुनस्र्थापनाको माग राखी आन्दोलन सुरु भए । यस्तै अन्योलपूर्ण परिस्थितिमा राजा ज्ञानेन्द्रले शासनसत्ता आप्mनो हातमा लिए । निरङ्कुश शासनको अन्त्य नभई देश विकास पनि नहुने, प्रजातन्त्र पनि नफस्टाउने र जनताको आर्थिक समृद्धि पनि नहुने भन्दै सबै राजनीतिक पार्टीले संयुक्त आन्दोलन गर्न १२बुँदे सहमति गरे भारतको नयाँदिल्लीमा । त्यसपछि १९ दिन लामो दोस्रो जनआन्दोलन सफल गरी २४० वर्षे राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको पनि आठ वर्ष भइसकेछ । नेपाली जनताको चाहनाबमोजिम लोकतान्त्रिक संविधान र सङ्घीय गणतन्त्र स्थापना गर्ने राजनीतिक घोचपेचको शृङ्खला अझै कति लम्बिने हो, कुनै नेता र विज्ञ–विश्लेषकले पनि भन्न सकेका छैनन् । यस्तो अन्योलपूर्ण दिनहरू व्यतीत गर्न हामी नेपाली बाध्य छौँ । ०४६ मा सर्वोच्च कमान्डरले भन्नुभएको आर्थिक क्रान्ति कहिले सुरु हुने ? उहाँले भन्नुभएझैं इमानदारपूर्वक नेताहरूले काम नगर्दा कतै यो शिशु प्रजातन्त्र बाँदरको हातमा नरिवल नै सावित भएको हो त ? हामी सबै नेपाली जनता, नेता, कार्यकर्ता बाँदर नै हौँ त ? अवश्य होइनौँ । हामीले वास्तविक नेपाली जनताको भूमिका निर्वाह गरेकै छैनौँ । दुईछाक दालभात आरामले खाइरहेका, देश–विदेशमा छोराछोरी पढाएर आ–आप्mनो परिवारको जीविकोपार्जन गर्दै आरामले समय बिताइरहेका मध्यमवर्गीय परिवारले अब त राष्ट्र र जनताको समृद्धिका लागि तथा नेपालको गौरव कायम राख्न केही त सोच्नैपर्ने बेला आएको छ ।
नेताहरूको रातदिनको कचकच, आप्नो परिवार, पार्टीभन्दा कहिले माथि उठ्न नसकेका नेतृत्व वर्गबाट यो देशको उन्नति हुनै नसक्ने स्थितिको मूल्याङ्कन गरौँ । रुघाखोकीजस्तो सामान्य बिरामीमा पनि राष्ट्रिय ढुकुटीकै दुरुपयोग गर्दै विदेशमा उपचार गर्न जाने विकृत सोचका नेतागणबाट कहिले हामी नेपालीको कल्याण होला ? पृथ्वीनारायण शाहको दुःखले आज्र्याको यो मुलुकलाई टुक्रा–टुक्रा पारी आपूmहरू राज्य गर्न मुख्यमन्त्री हुनेबाहेक केचाहिँ होला त विकास र समृद्धि यो सुन्दर नेपालको ? दिनको एक लाख भाडा तिरेर जम्बो संविधानसभाको बैठक बस्नुपर्ने देशले कतिवटा प्रान्तीय सरकार धान्न सक्ला ? वास्तवमा संसारकै एक मात्र हिन्दूराष्ट्र नेपाल, सगरमाथा र बुद्धको देशको बेहालबाट विश्वभरिका मानव आश्चर्यचकित भएका छन् ।
हीराको खानीमाथि बसेका हामी समृद्ध नेपालीको भविष्य यस्तै होला त ? यसको जिम्मेवारी कसले लिने ? हामी सबै भागीदार छौँ । नेपाली जनताकै नाममा पटक–पटक ठगिएका छौँ । राजनीतिक दाउपेच र घुसपैठबाहेक केही गर्न सकेनन् हाम्रा शीर्ष नेताजीहरूले । हाम्रा भविष्यका सन्ततिलाई यस्तै बेहाल नेपाल सुम्पिएर जाने कि हामी पनि केही गर्ने ? श्रद्धेय गणेशमानसिंह जस्तो निःस्वार्थ, त्यागी, इमानदार र दृढनिश्चयी नेतृत्व नभएसम्म देशले यस्तो दुर्दशाबाट कहिल्यै पार पाउन नसक्ने यथार्थलाई मनन गरी उहाँको जन्मशताब्दी सुरुवातको यसैबेलादेखि हामी सबैले केही प्रण गरौँ । समृद्ध, शान्त र विकसित नेपालको निर्माणमा केही त त्याग र समर्पण गराँै र राष्ट्रलाई सङ्कटको घडीबाट पार गराउन हामी सबैले इमानदारीपूर्वक नेपाली र वास्तविक वीर गोर्खाली भएको परिचय दिउँ ।
जनताको हकअधिकार स्थापित गर्ने भन्दै दुई करोड ६० लाख नेपालीको भावना समेट्न एक सय ३० वटा राजनीतिक पार्टी दर्ता भई संविधानसभाको पहिलो सत्र चार वर्षको अमूल्य समय र नौ अर्ब रुपैयाँ सरकारी ढुकुटी नास गरी हात लाग्यो शून्य भएको हास्यास्पद र निरर्थक प्रयासलाई फेरि दोस्रो संविधानसभामा ३१ वटा राजनीतिक पार्टीका निर्वाचित र समानुपातिक सभासद्हरू अभैm प्रयासरत छन्, नेपालको संविधान निर्माण कार्यमा । केही शीर्ष भनिएका नेताज्यूहरू पुरानै स्टाइलले पाँचतारे होटल र रिसोर्टहरूमा राष्ट्रिय सहमति खोज्ने निरर्थक अभ्यासमा व्यस्त छन् । ६०१ कै सङ्ख्यामा रहेको दोस्रो संविधानसभाका माननीय सभासदज्यूहरू शीर्ष नेताहरूका असफल सहमतिको प्याकेजलाई पर्खिएर बसिरहेका छन् लालमोहर छाप लगाउन । नेपाली जनता चुपचाप यी ताण्डव नृत्यहरू हेरिनै रहेका छन् । ०७१ माघ ८ गतेभित्रै संविधान जारी हुन्छ भन्ने शीर्ष नेताका रटान दिनहुँ छापा तथा टेलिभिजनमा सुन्न पाइन्छ । दूरदृष्टि नभएका, राष्ट्रप्रति समर्पणभाव नभएका, जनताप्रति जवाफदेहिता महसुसै नगरी आप्mनो व्यक्तिगत र राजनीतिक पार्टीको स्वार्थभन्दा माथि उठ्नै नसकेका सङ्कीर्ण सोचका नेतृत्व तहका क्रियाकलापले संविधानविहीन राष्ट्र बनाइएको यथार्थताबारे सूक्ष्म अध्ययन गरौँ । अनुशासनहीन र गैरजिम्मेवार नेतृत्वबाट यो देशको सङ्कट निवारण होला र गणेशमान सिंहले भन्नुभएको आर्थिक क्रान्ति सुरु होला भन्ने कुरा कसरी विश्वास गर्ने ? योग्य र सक्षम लिडरसिपविहीन देशले कहिल्यै प्रगति गर्न सक्दैन । हामी नेपाली जनताले के अपेक्षा गर्ने त हाम्रो नेतृत्व नेता गणबाट ? गणेशमानसिंह अध्ययन प्रतिष्ठानले जन्मशताब्दी वर्ष सञ्चालन गर्ने कार्यक्रमको पहिलो दिनको चियापान कार्यक्रममा भृकुटीमण्डपमा भेला भएका नेतागणबाट अभिव्यक्त भएका विचारहरूले गणेशमानसिंहका आदर र श्रद्धाञ्जली पूर्ण हुन सक्दैन । जबसम्म उहाँले ०४६ को चैत २७ गते खुला मञ्चबाट भन्नुभएको आर्थिक क्रान्ति सुरु हुँदैन ।
०४६ को सफल र शान्तिपूर्ण जनआन्दोलनले देशको हावा, पानी, माटो सुहाउँदो मौलिक शासनप्रणाली भनिएको पञ्चायत व्यवस्थाको अन्त्यपश्चात् आजको दिनसम्म आउँदा के–कस्ता विकास र समृद्धिका कार्यक्रम कसरी सञ्चालन भए ? कस्ता–कस्ता नेतृत्व उदाए र अस्ताए ? बेरोजगारी र गरिबीले आक्रान्त भएका नेपाली जनतालाई के उपलब्धि मिल्यो ? एकपटक आँखा चिम्म गरेर विगत तीन दशकमा भए–गरेका गतिविधिबारे राष्ट्रको जिम्मेवार नागरिकको हैसियतले मूल्याङ्कन गरौँ न ! स्थापित भइसकेका कलकारखाना, उद्योग–प्रतिष्ठान निजीकरणको नाममा ध्वस्त गरिए । कुनै नयाँ उद्योग स्थापनाको अवधारणा पनि देखिएन, संसारमा भइरहेको आधुनिक विज्ञानले प्रादुर्भाव गरेका उपकरण उत्पादन गर्ने सोच नै ल्याइएन । यतिसम्म कि कुनै उल्लेख गर्न योग्य एउटा सरकारी कार्यालय भवन पनि बन्न सकेको देखिएन । भ्रष्टाचार, अनुशासनहीन र आपराधिक क्रियाकलाप नै प्रमुख समाचार बनेका छन् । नेपालका युवा जनशक्तिलाई विदेश पलायन हुनबाट स्वदेशमै स्वरोजगार हुने खालका केही कार्यक्रम देखिएन । आजभन्दा ३५ वर्षअघि हामीभन्दा तल रहेको देश दक्षिण कोरियामा शारीरिक परिश्रम मात्र गर्न जान आवेदन दिने युवाको लाइन व्यवस्थित गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको दृश्यले वास्तवमै मर्माहत तुल्याउँछ । पहाडै फुटाउन सक्ने ऊर्जाशील युवा जनशक्तिलाई राष्ट्रमा कुनै जिम्मेवारी दिन नसक्ने मुलुकको कसरी र कसले उद्धार गर्ने होला ? भरोसायोग्य र दिलैदेखि आदरभाव आउने श्रद्धा गर्नलायक कुनै पार्टीका नेता पनि देखिएनन् । खालि परिवार र पैसाकै पछि लाग्नेबाहेक राष्ट्रिय हितमा चिन्तन गर्ने कुनै पनि राजनीतिक पार्टी पनि देखिएन । कुनै पनि विषयमा निर्णय गर्ने अधिकार प्राप्त व्यक्तिले आप्mनो निर्णयले राष्ट्रिय हितमा के–कति योगदान हुन्छ भन्ने कुरालाई ध्यानै नदिई पहिले आप्mनो व्यक्तिगत फाइदा, त्यसपछि पार्टी, समुदाय अनि मात्र अन्तिममा राष्ट्रको बारे सोच्छन् । ठीक उल्टा सोचले कसरी यो राष्ट्र समृद्ध होला ? पहिला त राष्ट्रिय हित र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्ने होइन र ? यी त सिर्पm भाषणमा मात्र सीमित भए । पद, प्रतिष्ठा र पैसालाई नै प्राथमिकता दिएर गरिने निर्णयले कहिले पनि देशको हित हुन सक्दैन । प्रजातन्त्रको खोजीमा गणतन्त्र र सङ्घीयताको भासमा फसेको यो राष्ट्रको सङ्कट निवारणको लागि जननायक विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष सर्वमान्य वीर गणेशमानसिंहजस्तो त्यागी, छाता र सुराही मात्र लिएर बालुवाटारबाट फिर्ता भएका कृष्णप्रसाद भट्टराई, कहिले पनि विवादमा नमुछिएका मनमोहन अधिकारी, गान्धीवादी नेता महेन्द्रनारायण निधिजस्ता राजनेताहरूबाट पछिल्ला पुस्ताका राजनीतिक पार्टीका नेताहरूले केही पाठ सिक्न अति जरुरी भइसकेको छ । उहाँहरूको अनुशरण गर्न सके मात्र उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ र देशले आजको सङ्कटपूर्ण क्षणबाट निकास पाई समृद्धिको दिशातर्पm उन्मुख हुनेछ नेपाल राष्ट्र ।
दलीय विमतिका कारण यतिबेला संविधान निर्माण प्रक्रिया नै अन्योलमा रुमलिएको छ । केही गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रीय संविधान सहमतिकै आधारमा जारी भइहाले पनि यस्तै असक्षम र अदुरदर्शी नेतृत्वगणले प्रादुर्भाव गर्ने नीति र कार्यान्वयनबाट यो देशका जनताको समृद्धिको चाहना पूरा होला भन्ने विश्वास गर्नै सकिँदैन । त्यसैले यहाँनेर यो उल्लेख गर्नु सान्दर्भिक ठहरिएला कि नेता, पार्टी, कर्मचारी, पुलिस, प्रशासन, राज्य सञ्चालकहरूप्रति असन्तुष्टि पोखेर मात्र हामी नागरिकको आप्mनो जिम्मेवारी पूरा हुँदैन । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले जस्तै हामी पनि आप्mना पूर्वजहरूको नाममा सामाजिक संस्थाहरू स्थापना गरी राष्ट्रिय हितका विषयहरूमा विशुद्ध सामाजिक गतिविधि सञ्चालन गर्दै त्यस्तै सोचका संस्थाहरूलाई एकत्रित गरी राष्ट्रको गौरव र आर्थिक समृद्धिका लागि गर्न सकिने कार्यक्रमहरूको निरन्तर सञ्चालन गर्दै जाऔँ । वास्तविक नेपाली नागरिक र नेपाली जनता भएको परिचय दिऔँ । अक्षम, स्वार्थी र पापीजस्ता लाग्ने शीर्ष नेता भनाउँदा, राष्ट्रको समस्या समाधान गर्न नसक्ने, राष्ट्रको मूल कानुन संविधान नै बनाउन असमर्थहरूलाई पहिचान गरी आजैदेखि सामाजिक बहिष्कार गर्दै वास्तविक तवरले नेपाली नागरिकको भूमिका निर्वाह गर्न सुरु गरौँ । हाम्रो प्राणभन्दा पनि प्यारो देवभूमि नेपाललाई समृद्घ र विकसित राष्ट्रको पङ्क्तिमा पु-याउने अभियानमा इमानदारीपूर्वक एकजुट भएर अघि बढ्न सक्यौँ भने मात्र वीर गणेशमान सिंहप्रति उहाँको जन्मशताब्दी मनाइरहेको अवसरमा सच्चा श्रद्धाञ्जली हुनेछ ।
प्रतिक्रिया