भन्नेहरू भन्छन्–
जिन्दगी सङ्घर्ष हो
सङ्घर्षदेखि कहिल्यै
प्छि हट्नुहुँदैन ।
भनाइ र भोगाइमा
अन्तर नहुने भए
सायद कसैको आँखाबाट
आँसु खस्ने थिएन होला ।
कृत्रिम हाँसोले
आँखाका आँसु
रोक्न सक्ने भए
साउनको झरीझैँ
वर्षेका आँखाका आँसुले
पहाडमा झैँ
कसैको मनमा
पहिरो जाने
थिएन होला ।
साँच्चै सङ्घर्ष गर्दैमा
सबैको जीवन
सफल हुने भए
सायद कसैको
जिन्दगीकोे यात्रा
बीचैमा रोकिने
थिएन होला ।
जीवन असफल
हुने थिएन होला ।
प्रतिक्रिया