विकास र समृद्धिको एजेण्डामा केन्द्रित : मुख्यमन्त्री राई

विकास र समृद्धिको एजेण्डामा केन्द्रित : मुख्यमन्त्री राई


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार आफ्ना घोषित नीति तथा कार्यक्रमअनुसार अगाडि बढिरहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा– १ मा आज कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजना कार्यालयको उद्घाटन गर्दै उनले आफूहरु सङ्घीय संरचना खडा गर्दै विकास र समृद्धिको एजेण्डामा केन्द्रित भएर ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना बोकेर यात्रा गरिरहेको उल्लेख गरे । एक वर्षको अवधिमा प्रदेशमा कहाँ, के र कति काम भए पूर्ण विवरणसहितको पारदर्शी तथ्याङ्क एकमुष्ट जनतासामु ल्याउने तयारीमा प्रदेश सरकार जुटेको मुख्यमन्त्री राईले उल्लेख गरे ।

कोशी गाउँपालिकाको कटान क्षेत्रको करीब २० बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको रिफ्रेस्मेन्ट सेन्टर मुलुककै नमूना र अत्याधुनिक सुविधा सम्पन्न हुने बताए । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी स्थापना गरिएको परियोजना कार्यालयले परियोजना निर्माणको अनुमानित लागत रु ६० करोड हुने अनुमान गरेको छ ।