वन कार्यालयका रेञ्जर घुससहित पक्राउ

वन कार्यालयका रेञ्जर घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज सव डिभिजन वन कार्यालय बाँकेका रेञ्जर जसवीर खत्रीलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

निजी जग्गामा लगाइएका विभिन्न जातका गोलिया काठ टाँचा लगाई छुटपूर्जी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग रेञ्जर खत्रीमाथि लागेको छ ।

आयोगले घुस लिने र दिने कार्यमा सहयोग पु¥याएको भन्दै फरेस्टरद्वय बलबहादुर केसी, केशवबहादुर वली र वन रक्षक हरिकुमार चन्दलाई समेत पक्राउ गरेको हो । उनीहरुलाई घुस रकमसहित बुधबार पक्राउ गरिएको भए पनि बिहीबार सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आयोगले बिहीबार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।