चट्याङबाट एकको मृत्यु

चट्याङबाट एकको मृत्यु


वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा शुक्रबार साँझ एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४६ वर्षीय महावीर खङ्ग खत्वे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । यसैगरी कृष्णसवरण गाउँपालिका–४ मा करेन्ट लागेर आजै एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीय किसुनदेव शर्मा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । आफ्नै घरको विद्युत् तार काट्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइते भएका शर्माको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।