आवधिक योजना बनाएर काम गर्नुपर्दछ : मुख्यमन्त्री गुरुङ

आवधिक योजना बनाएर काम गर्नुपर्दछ : मुख्यमन्त्री गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा नेपालको दीर्घकालीन सोचसहितको पञ्चवर्षीय पन्ध्रौँ योजनाको आधारपत्र प्रारम्भिक मस्यौदामाथि सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उहाँले हचुवाको भरमा डोजर लगाउने कार्य नगरी योजना बनाएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले योजना बनाएर काम गर्दा स्रोतको सुनिश्चितता र आफ्नो सामथ्र्यबारे जानकारी हुने भएकाले सङ्घीय सरकार र प्रदेश सरकारले लिएको लक्षय पूरा गर्न स्थानीय तहमा सही तथ्याङ्क र उपयुक्त योजना हुनुपर्ने बताउनुभयो । कस्ले कुन काम गर्ने भनेर स्पष्ट योजनाको वर्गीकरण गर्नुपर्ने बताउँदै तल्ला तहमा अनुदान बढाउन केन्द्र सरकारसमक्ष आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अबको २५ वर्षमा संसारका विकसित देशहरुको दाँजोमा नेपाललाई पु¥याउन स्पष्ट मार्ग्चित्र निर्माण गरिन लागेको जानकारी दिए । कार्यक्रमा गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा गिरिधारी पौडेलले प्रदेश योजनासम्बन्धी अवधारणापत्र पस्तुत गरेका थिए ।

दुईदिने सो गोष्ठीमा सरकारका मन्त्री, सचिवलगायत पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित कूल २५० जनाको सहभागिता छ । बैठकको दोस्रो दिन सरकारी कार्यालयका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, गैरसरकारी संस्था, सामुदायिक संस्था, नेपाल पत्रकार महासङ्घ र आर्थिक पत्रकार समाजका प्रतिनिधिको सहभागिता रहने आयोजकले बताएको छ ।

नेपालमा पहिलो आवधिक योजना विसं २०१३ बाट शुरु भएको थियो । ६२ वर्षको कालखण्डमा चौधौँ योजना तर्जुमा भई समाप्तिको सङ्घारमा रहेको वर्तमान अवस्थामा पन्धौँ योजना तर्जुमा गर्ने अभियानमा आयोग लागेको छ । ९तस्बीर संलग्न छ ।