सातै प्रदेशको खाना प्रदर्शन

सातै प्रदेशको खाना प्रदर्शन


प्रादेशिक खानाको माध्यमबाट पर्यटक प्रवद्र्धन गर्नका लागि खाना प्रदर्शन गरिएको छ ।

ग्लोबल नेप्लिज सेफ्स फेडेरेशन र नेप्लिीज वल्र्ड वाइड सेफ्स एशोसिएशन अमेरिकाको संयुक्त आयोजनामा आज सातै प्रदेशको खानालाई पहिचान गरी प्रदर्शन गरिएको हो । नेपाली खानालाई विश्वमाझ चिनाएर पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यअनुसार खाना प्रदर्शन गरिएको फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए ।

‘सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला अभियानले सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने । नेप्लिज वल्र्ड वाइड सेफ्स एशोसिएशनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपाली खानको माध्यमबाट विश्वका लाखौँ पर्यटक नेपाल भित्र्याउनका लागि प्रादेशिक फुड फेस्टिभल आयोजना गरिएको जानकारी दिए

‘नेपालमा धेरै जातजाति, भाषा, वेशभूषा, खानाका परिकार भएकाले यसको प्रवद्र्धन गरी लाखौँ पर्यटक भित्र्याउने हामीले लक्ष्य लिएका छौँ,’ उनले भने । फेडेरेशनले सबै प्रदेशमा पुगेर पनि खानाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्ने भएको छ ।