आजदेखि मौसममा सुधार

आजदेखि मौसममा सुधार


पाँच दिनअघि देखिएको मौसम परिवर्तन आइतबारबाट सुधार भएको छ ।
आइतबार पूर्वी नेपालका केही स्थानमा आशिंक बदली भइ वर्षा र हिमपात हुने भएपनि बाँकी भागका मौसम सफा रहने जनाएको छ ।

पश्चिमी बायुको प्रभावको बुधबारदेखि पश्चिम नेपालबाट बदलीसँग वर्षा र हिमपात शुरु भएको थियो । बिहीबार र शुक्रबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भयो भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

शनिबार उपत्यका आसपासका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

सबैभन्दा बढी भैरहवामा ५९ मिलिमिटर वर्षा भएको थियो । पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ ।