भूमि समस्या समाधान गर्न माग

भूमि समस्या समाधान गर्न माग


नुवाकोटका भूमिपीडितले भूमिसम्बन्धी समस्या समाधान गर्न माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्चले सोमबार प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्लामा पाँच हजार रोपनी विर्ता जग्गा छ । विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या रहेको भूमि अधिकार मञ्च नुवाकोटका अध्यक्ष विन्दा नेपालले बताए । जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेको चार हजार ९५७ रोपनी बिर्ता जग्गा छ । पुस्तौँ पहिलेको बिर्ता समस्या हालसम्म पनि समाधान हुन नसकेको उनले बताए ।

जमीनको स्वामित्व (लालपुर्जा) नहुँदा किसान समस्या भोग्न बाध्य रहेको मञ्चका अभियन्ता कल्पना न्यौपानेले बताए । ‘आफूले जोतभोग र संरक्षण गरेको जमीनको स्वामित्वका लागि किसान लडाइँ लडिरहेका छन्, अझै पनि सरकारले किसानको पक्षमा निर्णय गर्न सकेको छै, ज्ञापनपत्रमा उल्लेख छ ।