मोटरसाइकल पल्टिँदा पारसको मृत्यु

मोटरसाइकल पल्टिँदा पारसको मृत्यु


काठमाडौं महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलबार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन् । बा.६८प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।