वृद्धको साथ दुई केजी गाँजा, ढोढनाको पास १७ थान सखुवा

वृद्धको साथ दुई केजी गाँजा, ढोढनाको पास १७ थान सखुवा


सिरहाको नरहा गाउँपालिकाबाट लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई सिरहा प्रहरीले हिरासतमा लिएको छ । दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा टोलनिवासी वर्ष ७० का सिताई यादव भन्ने सीताराम यादवलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा यादवको घरमा प्रहरी टोलीले खानतलास गर्दा प्लास्टिकको झोलामा पोका पारेर लुकाएको अवस्थामा राखिएको सो परिमाणको गाँजा भेटिएपछि प्रहरीले यादवलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी, वन कर्मचारीको गस्ती टोलीले सिरहा जिल्लाको लाहान नगरपालिका–१५ निवासी ढोढनाबाट १७ थान सखुवाको तख्ता बरामद गरेको छ । डिभिजन वन कार्यालय लाहानबाट खटिएका गस्ती टोलीले चुरे जङ्गलबाट तस्करी गरी लुकाएर राखेको गोप्य सूचनाको आधारमा १७ थान सखुवाको चिरान तख्ता बरामद गरेको जनाएको छ ।

– रामभरत साह