नेकपा कर्णाली प्रदेश प्रमुख सचेतकमा शाह

नेकपा कर्णाली प्रदेश प्रमुख सचेतकमा शाह


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गरेका हुन् । दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले बताए ।

प्रमुख सचेतक शाह नियुक्त शाह वनगाड कुपिण्डे नगरपालिका– ६ सल्यान निवासी हुन ा उनि विसं २०७४ को प्रदेशसभाको चुनावमा सल्यान जिल्लाको प्रदेश ‘क’ बाट निर्वाचित भएका थिए ।

सचेतकमा नियुक्त प्रदेशसभा सदस्य नेपाली लेकबेँसी नगरपालिका सुर्खेत निवासी हुन् । उनि सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट निर्वा्चित भएका थिए । प्रमुख सचेतक र सचेतक दुवैलाई नेकपा संसदीय दलको शनिबार बसेको बैठकले चयन गरेको हो ।