आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०७५ बुधबार, १० अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०७५ बुधबार, १० अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत्र २७ गते बुधबार तद्अनुसार सन् २०१९ अप्रिल १०तारिख चैत्र शुक्लपक्ष पञ्चमी तिथि १३ः५९ पर षष्ठी तिथि रोहिणी नक्षत्र ९ः२० पर मृगशिरा नक्षत्र सौभाग्य योग १६ः१६ पर शोभन योग बब करण कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ । भक्तपुरे भैरवभद्रकाली रथयात्रा । राहु काल– १२ः५ देखि १३ः४१, दिशा शूल–उत्तर ।

आजको राशिफल :

मेष राशि – मिठो भोजन मिल्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुख–सुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घरको सुखशान्ति बढ्नेछ । जीवनसाथीको सहयोग–समर्थन मिल्नेछ । मान–पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । लगानी वृद्धि हुनेछ । मनले चाहेको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष राशि – आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान–सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । शुभता बढ्ला ।

मिथुन राशि – आज चन्द्रमा बाह्रौंँ स्थानमा भ्रमणशील हुनेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हासविलासमा आकर्षण बढ्नेछ । कुनै वस्तुको सुख प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।

कर्कट राशि – सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु हितकर रहला । आयस्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धनसम्पति बढ्ला ।

सिंह राशि – सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साहमा बढोतरी हुनेछ । नयाँ सफलता मिल्नेछ । । यशवर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनुहुनेछ ।

कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुखशान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको माया–ममता मिल्नेछ । इष्टमित्र एवम् सन्तति सुख बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड चलिरहला । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित होला । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु हितकर रहनेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यताप्रति सचेत रहनुपर्ला ।

वृश्चिक राशि – सुखशान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तान सुख बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । राजकीय काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा चतुर्थ स्थानमा भ्रमणशील होला, फलस्वरुप कठोर परिश्रमले काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख शान्ति बढ्ला । आफन्तको सहयोग प्राप्त होला ।