ग्राहकको सुविधाका लागि नेपाल टेलिकमले नयाँ वर्ष अफर २०७६ ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने जानकारी दिएको छ ।
बताइएअनुसार सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ ।
उक्त प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने कम्पनीको भनाई छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नुपर्नेछ ।
कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया