गर्मीमा आनन्दप्रदायक सिजीका फ्यान र कुलर

गर्मीमा आनन्दप्रदायक सिजीका फ्यान र कुलर


चढ्दो गर्मीलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान (पङ्खा) र कुलरहरू बजारमा ल्याएको छ । फ्यानहरूमा सिलिङ, टेबल, स्टाण्ड तथा अल पर्पोज डिजाइनका रहेका कम्पनीले जनाएको छ ।

बताइएअनुसार सिलिङ फ्यान पनि विभिन्न स्वरुप र रंगमा उपलब्ध छन् । यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै रहेको दाबी पनि गरिएको छ । यसमा प्रयोग गरिएका ब्लेड एकदमै आकर्षक डिजाइन र रंगहरूमा रहेका छन् । यो फ्यान चलाउँदा आवाज नआउने भएकोले यसको माग उच्च छ ।

त्यस्तै, स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंग र डिजाइनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले चलाउन सुविधाजनक छ । अरु टेबल, वाल र अल पर्पोज फ्यानहरूको पनि एकदमै माग बढेको सिजीको दाबी छ ।

एसीको आनन्द सस्तो दाममा लिन अब सिजीले विभिन्न मोडल र किफायती बजेटमा कुलरहरू पनि ल्याएको छ । गर्मी मौसममा यसको प्रयोग गर्नाले प्रयोगकर्ताले आफ्नो स्वास्थ्य एवम् मुल्य दुबैको जर्गेना गर्न सक्नेछन् । यस कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङ्की जस्ता अरु पनि धेरै विशेषता रहेका छन् । आफ्नो कोठाको साइज र मुल्यमा उपभोगकर्ताले अब छानी–छानी आकर्षक कुलरहरू घर ल्याउन सक्ने माहोल रहेको भन्दै कम्पनीले सिजीका फ्यान र कुलरहरूको प्रयोग गरी ‘कूल’ रहन आग्रह गरेको छ ।