नेपालीको प्रतिव्यक्ति वार्षिक आय गत वर्षभन्दा २६ डलरले वृद्धि भई एक हजार ३४ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको भन्दा २६ डलरले बढेर नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३४ डलर पुगेको हो ।
विभागले यस वर्ष आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने अनुमान गरेको छ । यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।
प्रतिक्रिया