७ सय २४ स्थानीय तहमा बाणिज्य बैंकका शाखा

७ सय २४ स्थानीय तहमा बाणिज्य बैंकका शाखा


चालु आर्थिक बर्षको बैशाखसम्म ७ सय २४ स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसै आर्थिक बर्षभित्रै ७ सय ५३ वटै स्थानीय तहमा बैकको शाखा पु¥याउने राष्ष्ट्र बैंकको योजना छ ।

शनिवार नेपाल राष्ट्र बैंकको स्थापना दिवस तथा ६४ र्औ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्भनर डा चिरञ्जीवी नेपालले मुलुकको सवै क्षेत्रका जनताको पहूँचमा बैकिङ सेवा पु¥याउने प्रतिबद्धता जनाएका थिए । उनले सवै तहका जनतासम्म बैंकिङ सेवा पु¥याउने उद्धेश्यले काम भइरहेको बताउँदै मुलुकको उच्च समावेशी दिगो आर्थिक बृद्धि हासिल गर्न बित्तिय सेवालाई सर्वसुलभ बनाउने बताए ।

केन्द्रिय बैकका प्रथम गर्भनर हिमालय शमशेर राणाले केन्द्रिय बैकको स्थापनाबाट मुलुकमा आर्थिक एकिकरण भएको जोड दिए । यस्तै, डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंकको नियमन र सुपरिवेक्षणलाई अझ बढी प्रभावकारी बनाउनेमा जोड दिए ।

उता, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैकको ब्याजदरको बिषयमा निजी वैक तथा वित्तिय संस्थाको अनाबश्यक आलोचना भएको बताए । उनले बैंकिङ सेवा आम जनतामाझ पु¥याउन बैंकहरु तयार रहेको बताए । राष्ट्र र्बैकले आफनो स्थापना दिवसको अवसरमा पूर्व गर्भनर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ ।