पश्चिम सेती र बुढिगण्डकी जलविद्युत आयोजना अघि बढाउन लगानी बाधक भएको तथ्य सार्वजनिक भएको छ । लामो समयदेखि अनिर्णयको बन्दी बनाइएको यि दुवै आयोजनामा लगानीकै कारण अघि बढाउन नसकिएको सरकारी भनाई छ ।
स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धता उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले गरेका छन् । आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि बढाइएको पनि स्पष्ट पारेका छन् ।
बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ । तर त्यो आयोजनाको काम अघि बढाउँदा नदीको बहाव अनुसार नै अघि बढाउनुपर्ने त्यस क्षेत्रका सांसदलगायतका जनप्रतिनिधिहरुको माग छ । प्राविधिकहरुले अध्ययन गरेपछि त्यसैको आधारमा छलफल गरेर सो आयोजनाको कामलाई अघि बढाउने सरकारको योजना रहेको मन्त्री पुनले बताए ।
वर्षाको पानी संकलन गरेर हिउँदमा विद्युत उत्पादन गर्ने गरी सरकारले सो आयोजनाको विस्तृत अध्ययनको कामलाई अघि बढाउने योजना बनाएको छ । त्यसका लागि नदीको बहाव अनुकूल हुने गरी सो आयोजनाको कामलाई अघि बढाउन सरोकारवाला निकायको सरकारसँग माग छ। नदीको बहाव क्षेत्रमै सो आयोजनाको कामलाई अघि बढाउन उपयुक्त हुने सुझाव सरकारलाई दिइएको पूर्व मन्त्री गणेशमान पुनले जानकारी दिए ।
प्रतिक्रिया