सुर्यविनायकमा गरिमाको नयाँ शाखा

सुर्यविनायकमा गरिमाको नयाँ शाखा


गरिमा विकास बैंक लिमिटेडले भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुर (सुर्यविनायक) शाखा कार्यालयको औपचारिक उद्घाटन सोमबार (१६ वैशाख)मा सम्पन्न गरेको सो बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गर्नुभएको बैंकका कार्यकारी अधिकृत गोविन्द ढकालले जनाएका छन् ।

राजधानीको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७६ शाखा र २६ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गरिने जनाएको छ ।

गरिमाले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २६ अर्ब १६ करोड कर्जा लगानी गरेको र सो अवधिसम्ममा ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ ।