काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा वर्लपुलको शोरूम संचालनमा आएको छ । नेपालमा संचालनमा आएको उक्त शोरूममा वर्लपुल ब्राण्डका सबै प्रकारका घरायसी सामाग्रीहरु पाइनेछ ।
वर्लपुल होम नामबाट एकैदिन संचालनमा आएको शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम बाबुले गरेका थिए । ‘वर्लपुल होममा वर्लपुलका विद्युतीय घरायसी उत्पादनहरु वासिङ्ग मेशिन, फ्रिज, माइक्रोओभन, एयरकन्डिसन, पंखा लगायतका सामानहरू उपलब्ध छन् ।’ सञ्चालक प्रज्वलजंग पाण्डे भन्छन्, ‘उच्च र मध्यम वर्गियलाई लक्षित गरी खोलिएको उक्त शोरूमबाट अन्तराष्ट्रियस्तरका गुणस्तरीय ब्राण्ड खरिद गर्न सकिनेछ ।’
शोरूममा १२ हजारदेखि २ लाखसम्मका विद्युतीय सामाग्रीहरु बिक्रिका लागि राखिएको छ । शोरूम संचालनकोे अवसरमा कम्पनीले ग्राहकहरुलाई विशेष उपहारको समेत व्यवस्था गरेको छ ।
वर्लपुल अमेरिकाको चर्चित ब्राण्ड हो । वर्लपुलको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा लोमश डिजिटल प्रालिले यो ब्राण्ड नेपाल ल्याएको हो । कम्पनीका अनुसार वर्लपुलमा सामान सरल किस्ताबन्दीमा खरिद गर्न फाइनान्सको सुविधा समेत छ । कम्पनीले मुलुकभर शाखा स्थापना गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया