नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको हो ।
सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले नियमति रुपमा रिपो र टे्रजरी बिल बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया