दुई वर्षभित्र नेपाल उज्यालोमा आत्मनिर्भर

दुई वर्षभित्र नेपाल उज्यालोमा आत्मनिर्भर


कुनै अड्चन पैदा भएन भने आगामी दुई वर्षभित्र नेपाल ऊर्जामा आत्मनिर्भर हुने भएको छ । हाल भारतबाट करिब पाँचसय मेगावाट विद्यूत आपूर्ति हुने गरेको छ । नेपालमा सञ्चालनमा रहेका सबै विद्युतगृहबाट करिब ११०० मे.वा. विद्युत उत्पादन हुने अवस्था रहेको भए पनि सुख्खा याममा कुल क्षमताको आधाभन्दा कम उत्पादन हुने भएकोले लोडसेडिङ अन्त्यका लागि भारतबाट विद्युत खरिद गर्नुपरेको छ ।

वर्षेनी करिब एकसय मे.वा. विद्युत थप माग हुँदै आएको भएपनि दुई वर्षभित्र स्वदेशी उत्पादनबाट नै माग पूर्ति हुने र त्यसले व्यापार घाटा न्यून गराउन उल्लेख्य योगदान पुऱ्याउने विश्वास गरिएको छ । हाल निर्माणाधीन ४३ आयोजनाहरू दुई वर्षभित्रै सम्पन्न भइसक्ने अवस्था छ । ४५६ मे.वा. क्षमताको माथिल्लाो तामाकोशी, ११ मे.वा. क्षमताको रसुवागढी, ८२ मे.वा.को तल्लोसोलु, ४२ मे.वा.को मिस्त्रीखोला र ४२.५ मेवाको साञ्जेनलगायतका ४३ आयोजनाहरू सम्पन्न भएपछि ११०० मेवा विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप हुनेछ । त्यसपछि सधैंका निम्ति लोडसेडिङ अन्त्य हुने निश्चितप्रायः छ ।