एनसेल प्रालिले कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत पुनः ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट रु. २ बोनसस्वरूप प्राप्त गर्नेछन् । यही वैशाख १६ देखि लागू भएको यो अफर आगामी तीन महिनासम्म जारी रहने कम्पनीले जनाएको छ ।
यसरी प्राप्त बोनस ७ दिनका लागि मान्य हुने र एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने बताइएको छ । त्यसैगरी, ग्राहकले अङ्गे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्ने जानकारी दिइएको छ ।
बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्ने कम्पनीको भनाइ छ । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १–१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको सङ्ख्या र औसत कलको समयअनुसार विजेताको छनोट गरिने बताइएको छ ।
प्रतिक्रिया