सहसचिवको नेतृत्वमा एकल विन्दु सेवा केन्द्र

सहसचिवको नेतृत्वमा एकल विन्दु सेवा केन्द्र


सहसचिवको नेतृत्वमा एकद्वार प्रणाली केन्द्र संचालनमा आउने भएको छ । लगानीलाई प्रवर्द्धन तथा कानूनी प्रक्रिया सहजीकरणका लागि उद्योग विभागमा केन्द्र स्थापना गर्न लागिएको हो ।

यसअघि भएका झन्झटिलो सरकारी प्रक्रियालाई हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकद्धार प्रणाली अघि बढाउन लागेको हो । झन्झटिलो सरकारी प्रक्रियाबाट लगानीकर्ता पनि हतोत्साहित भएका थिए । यही परम्परागत शैलीको अन्त्यका लागि एकद्वार प्रणालीको परिकल्पना गरिएको उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जानकारी दिइन् । उनका अनुसार एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागका महानिर्देशकलाई कार्यकारी प्रमुखका रुपमा रहने व्यवस्था गरेको छ ।

‘एकद्वार प्रणाली केन्द्रमा ८ वटा युनिटहरु रहनेछन् ।’ उनले भनिन्, ‘उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, भिसा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून ईकाइ रहनेछ ।’ उनका अनुसार लगानीकर्ताको पुँजी परिचालन, श्रम सम्बन्ध सहितका विषयका काम यसै केन्द्रमार्फत हुनेछ ।