आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखी उल्लिेखित तीन पेट्रोलियममा मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १-१ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको र बढेको मूल्य शुक्रबार राती १२ बजेदेखि लागू हुने जनाइएकोे छ ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले मूल्य बढाउनु परेको निगमको भनाई छ । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।