१६ अंकभन्दा बढीले घट्यो नेप्से

१६ अंकभन्दा बढीले घट्यो नेप्से


पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज (आइतबार) धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।

नेप्से परिसूचक मात्रै होइन, कारोबार रकमसमेत घटेको छ । कुल १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता शेयर रु. ६५ करोड तीन लाख ७८ हजार ४५४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कुल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । उत्पादन २०.८० र अन्य उपसमूह १.१२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार बैंकिङ १६.०२, होटेल १९.६१, विकास बैंक १७.४४, जलविद्युत् ५३.८८, वित्त २.४०, निर्जीवन बिमा २४.७३, लघुवित्त २५.८७ र जीवन बिमा १२७.०२ बिन्दुले घटेको छ । कारोबारका आधारमा आज पनि नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु. ३१० मा रु. ६ करोड २८ लाख ८४ हजार ५७६ बराबरको कारोबार भयो । यस्तै, प्रतिकित्ता रु. २८२ मूल्यमा प्रभु बैंकको रु. चार करोड ६४ लाख ३० हजार आठ, प्रतिकित्ता रु. ३५८ मा शिवम् सिमेन्टको रु. चार करोड ६३ लाख ४९ हजार ७२३ बराबरको कारोबार भयो ।

यस्तै चिलिमे जलविद्युत कम्पनीको प्रतिकित्ता रु. ५३३ मा रु. दुई करोड २८ लाख ७८ हजार ७१३, एनएमबी बैंकको प्रतिकित्ता रु. ३७६ मा रु. दुई करोड १२ लाख १७ हजार ४१८, कृषि विकास बैंकको प्रतिकित्ता रु. ३७९ मा रु. दुई करोड ११ लाख दुई हजार ४३३ मा कारोबार भयो । स्टकका अनुसार मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले दश प्रतिशतका दरले कमाए । यस्तै युनाइटेड फाइनान्स ४.७१, शिवम् सिमेन्ट ४.०७, नेरुडे लघुवित्त विकास बैंक ३.७८, एनएलजी इन्स्योरेन्स कम्पनी ३.५२, सिटिजन म्युचुचल फण्डका लगानीकर्ताले ३.४२ प्रतिशतले कमाए ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६२, एनआईबीएल समृद्धि फण्ड ७.२६, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ७.०१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ६.१७, युनिभर्सल पावर कम्पनी ५.८८ र ङादी समूहका शेयरधनीले पाँच प्रतिशतले गुमाए ।

rss