राष्ट्र बैंकमा एकैपटक पाँच निर्देशकको अवकाश

राष्ट्र बैंकमा एकैपटक पाँच निर्देशकको अवकाश


नेपाल राष्ट्र बैंकमा एकैपटक पाँच निर्देशक पद रिक्त भएको छ । अनिवार्य अवकाशका कारण यो अवस्था सिर्जना भएको हो । पाँचजनामध्ये चारजनाले भोलि (शुक्रबार) बिदा लिँदै छन् भने एकजनाले एक साता पहिले बिदा लिइसकेका छन् ।

भोलि शुक्रबारबाट अवकाश पाउनेमा नारायण पौडेल, नरबहादुर थापा, भीष्म ढुंगाना र झलक आचार्य रहेका छन् । यसैगरी जनक अधिकारीले भने एक साता पहिले नै अवकाश पाइसकेका छन् ।

एकैपटक पाँचजना निर्देशकको अवकाश पाएपछि राष्ट्र बैंकको नियमित काममा समेत असर पुग्ने बताइएको छ ।