‘छत्रपाटी’ र ‘सयपत्री’बीच सम्झौता

‘छत्रपाटी’ र ‘सयपत्री’बीच सम्झौता


छत्रपाटी निःशुल्क चिकीत्सालय र सयपत्री टेक्नोलोजी प्रालिबीच हस्पिटल इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम सफ्टवेरको सेवा दिने विषयमा सम्झौता भएको छ ।

सम्झौताअनुसार सयपत्री टेक्नोलोजीले सफ्टवेरतर्फ रजिष्ट्रेसन, एकाउन्टिङ, अस्पतालमा भर्ना तथा आपतकालीन सेवा, ल्याबोरेटोरी सेवा तथा क्लिनिकल सेवा, (HIMS) प्रोग्राम सञ्चालन गर्न एक आइटी अफिसर, सिस्टम डिजाइन र डिप्लोएमेन्ट सेवा, प्रशिक्षण र आवश्यक सपोर्ट एक वर्षसम्म करिव ५८ लाखबराबरको सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

आज (२९ वैशाख) भएको एमओयुमा अस्पतालका तर्फबाट अध्यक्ष विजयबहादुर माली तथा सयपत्री टेक्नोलोजी प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष श्यामसुन्दर शर्माले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा विभिन्न व्यक्तिको तर्फबाट करिव पाँच लाखबराबरको हार्डवेर उपलब्ध गराउनेसमेत जानकारी गराइएको छ ।