स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन

स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन


लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै यतिका कर्मचारी माग गरेको हो ।

ेआयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो ।

सबैभन्दा बढी महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ ।

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिन्छ भने दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० गतेसम्म छ ।