चार वर्षदेखि बन्द तातोपानी नाका पुनः सञ्चालनमा

चार वर्षदेखि बन्द तातोपानी नाका पुनः सञ्चालनमा


०७२ वैशाख १२ को भूकम्प र ०७३ असार २१ को भोटेकोसी बाढीपछि पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका आज (बुधबार) बाट पुनः सञ्चालनमा आएको छ ।

भूकम्पका कारण भत्किएको बाटो र बाढीबाट क्षतिग्रस्त मितेरी पुलका साथै सुक्खा बन्दरगाहको निर्माणपछि तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको हो ।

नाकाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, चीनका वाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयुक्त रूपमा उदघाटन गरेका हुन् ।
चीन सरकारको सहयोगमा नाकाभन्दा ६ किलोमिटर नेपालतर्फ (लार्चा)मा सुक्खा बन्दरगाह निर्माण भएपछि तातोपानी सञ्चालनमा आउन सहयोग पुगेको हो ।

नवनिर्मित बन्दरगाह एक सय ५८ कन्टेनर अटाउने क्षमताको रहेको छ ।