यस्तो छ सरकारले ल्याएको १५ खर्ब ३३ अर्ब बजेटको पूर्णपाठ

यस्तो छ सरकारले ल्याएको १५ खर्ब ३३ अर्ब बजेटको पूर्णपाठ


अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ को बार्षिक बजेट सार्वजनिक गरेका छन् । मन्त्री खतिवडाले संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरेका छन् । यो बजेट चालु आवकोभन्दा करिब २ खर्ब बढि हो । चालु आवका लागि सरकारले १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेको थियो ।

यस्तै, बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

राजस्व र वैदेशिक अनुदानबाट जुटाइने रकमपछि बजेटमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ अपुग हुन्छ । यसको पूर्तिका लागि सरकारले वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ जुटाउनुपर्छ । जुन कुरा बजेट भाषणकै क्रममा अर्थमन्त्री खतिवडाले जनाएका छन् । त्यसबाट पनि अपुग हुने १ खर्ब ९५ अर्ब रुपैयाँ भने आन्तरिक ऋणमार्फत उठाउने सरकारी तयारी छ ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले शिक्षामा १ खर्ब ६३ अर्ब, स्वास्थ्य क्षेत्रमा भने ६८ अर्ब ७८ करोड, पुननिर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ, खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड, श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड र सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

यस्तै, कृषि तथा पशुपंक्षीको क्षेत्रमा ३४ अर्ब ८० करोड, महिला वालिका तथा ज्येष्ठ नागरिकका लागि ७८ करोड, सिँचाइका लागि २३ अर्ब ६३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड, भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड, पर्यटन क्षेत्रमा २ अर्ब ६८ करोड, औद्योगिक पूर्वाधार विकासमा २ अर्ब ८७ करोड, वाणिज्य तथा आपूर्तितर्फ ११ अर्ब ७४ करोड, ऊर्जातर्फ ८९ अर्ब ८३ करोड, यातायात पूर्वाधारतर्फ १ खर्ब ६३ अर्ब, हवाइतर्फ १५ अर्ब ८५ करोड र यातायात व्यवस्थापनमा १ अर्ब ५३ करोड र युवा तथा खेलकुदतर्फ ३ अर्ब ९९ करोड रकम विनियोजन गरिएको छ ।

यस्तो छ आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट वक्तव्यको पूर्णपाठ
[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/05/final-speech-2076_corrected_20190529022126.pdf”]