सरकारले गुणस्तरहीन खाद्य पदार्थको आयातमा रोक लगाउने

सरकारले गुणस्तरहीन खाद्य पदार्थको आयातमा रोक लगाउने


सरकारले आम उपभोक्ताको स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खाद्यवस्तुको आयातमा बन्देज लगाउने भएको छ ।

सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विलासी एवं स्वास्थ्यलाई नोक्सान पु¥याउने अनावश्यक वस्तु र सेवाको आयात निरुत्साहित गरिने बताए । निर्यातजन्य वस्तुको पहिचान, विकास तथा उत्पादन अभिवृद्धि गरी अन्तराष्ट्रिय बजार प्रवद्र्धन गरिने, प्रमुख नाकामा क्वारेन्टाइन जाँचलाई प्रभावकारी बनाइने बजेटमा उल्लेख छ ।

खाद्य तथा पेयजन्य पदार्थको न्यूनतम गुणस्तर मापदण्ड तोकी सोभन्दा कम गुणस्तरका वस्तुको आयातमा बन्देज लगाइने छ । चियाको प्रमाणीकरण गर्न अन्तराष्ट्रिस्तरको प्रयोगशाला स्थापना गरी प्राङ्गारिक ‘अर्थोडक्स’ चियाको निकासी प्रवद्र्धन गर्ने सरकारले जनाएको छ ।

चियाको आन्तरिक बजार सुनिश्चित गर्न ‘अक्सन हाउस’ स्थापना गरिनेछ । बजेटले प्राङ्गारिक तथा तुलनात्मक लाभ बढी भएका वस्तुहरुको निकासी प्रवद्र्धन गर्ने, मूल्य अभिवृद्धि गर्ने कृषि, वन तथा खानीजन्य औद्योगिक उत्पादनलाई ‘ब्रान्डिङ’ गरी निकासी गर्न प्रोत्साहन गरिने नीति लिएको छ ।