–छविलाल बगाले
नक्कली बिल जारी गरेर भ्याट छल्ने धन्दा मौलाएको छ । बहुराष्ट्रियसहित प्रतिष्ठित भनिएकै कम्पनीले नक्कली भ्याट विल प्रयोग गर्दै आएको खुलासा भइसकेको छ । जो कानूनी कारबाहीको प्रक्रियामा छन् । भ्याट छलीमा कम्पनी मात्र नभई कर्मचारी पनि उत्तिकै दोषी रहेको जानकार बताउँछन् ।
नौ महिनायता राजस्व चुहावटका ७७ कसुरका घटनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएका छन् । नक्कली बिल बिजक तयार पारी कारोबार गर्ने, बिल बिक्रि गर्ने र नक्कली कम्पनी खडा गरी राजस्व संकलनमा प्रभावित पार्ने २ सय १७ जनाबिरुद्ध मुद्धा दायर गरिएको छ प्रतिबादीबिरुद्ध विगो र जरिवानासहित १४ अर्ब र ३ बर्षको कैद मागदावी गरिएको । राजश्व अनुसन्धान विभागकाअनुसार राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए । उनका अनुसार आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा एकपछि अर्को गर्दै मौलाउन थालेको छ ।
नियामक निकाय नै मुकदर्शक बन्दा ठूला उद्योगी राजस्व छलीमा सक्रिय बनेको पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीको धारणा छ । उनले कर्मचारीकै कारण राजश्व छलीमा सघाउ पुगेको उनको तर्क छ । नेपालमा ८ बर्षअघि भएको ५ सय १८ वटा नक्कली भ्याट बिल प्रकरणबाट छली भएको ३ अर्ब ७ करोड रकम अझै उठ्न सकेको छैन् ।
नक्कली बिल छाप्ने र ‘फेक’ कम्पनी खोलेर राजस्व चुहावट गर्ने ५ सय बढि कम्पनी र बिल बिक्रि गर्ने ३० बढि कम्पनी विभागको निगरानीमा छन् । तर, उद्योगी व्यवसायी एक्लैले राजस्व छली गर्न सक्दैनन् । यसमा सरकारी कर्मचारीको मिलिभगतमा समेत उद्योगहरुले १३ प्रतिशत भ्याट र खर्च देखाई २५ प्रतिशत आयकर छली गर्ने गरेका छन् । राज्यलाई नियमित रुपमा कर तिरेर असल करदाताको रुपमा स्थापित डा. भोला रिजाल भने राजस्व छल्नुलाई गम्भिर अपराध मान्छन् । उनले कर छलेरभन्दा तिरेर राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिन्छन् ।
सोझा–साझाललाई फकाएर प्रलोभनमा पारी तिनैको नाममा कम्पनी दर्ता गर्ने र खाता सञ्चालन गरेर नक्कली बिल छाप्दै विक्री गर्ने क्रमको बिगबिगी रहेको राजस्व अनुसन्धानकर्ताको अनुभव छ । यतिमात्रै होइन् सरकारी नियामक निकायले समेत विलबिजक नखोज्नु, महिनैपिच्छे बैंक स्टेटमेन्ट नहेर्नु र विगतका विलहरुको चासो नराख्नुले पनि राजस्व छली व्यापक रुपमा छाएकोप्रति राजस्वकर्मीहरु चिन्तित छन् । जारी बजेटमा पनि राजश्व संकलनमा कडाई गरेको छ ।
प्रतिक्रिया