१३ अंकभन्दा बढीले घट्यो नेप्से

१३ अंकभन्दा बढीले घट्यो नेप्से


साताको पहिलो दिन शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३ सय ५.६८ अंकमा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ ।

स्टकका अनुसार कुल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु. ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कुल ११ उपसमूहमध्ये आइतबार दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटेल १२.६१ र उत्पादन १०.११ बिन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ १३.७७, विकास बैंक १.२८, जलविद्युत् २२.२८, वित्त २.४८, निर्जीवन बिमा ४२.८३, अन्य १२.४०, लघुवित्त १८.०८, जीवन बिमा ५९.३७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आइतबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९५४ मूल्यमा खरिद–बिक्री भए । यस्तै शिवम् सिमेन्टको रु. नौ करोड ३७ लाख ६६ हजार १२८, नेपाल बैंक लिमिटेड रु. चार करोड ४४ लाख ३० हजार ७१८, प्रभु बैंक रु. चार करोड २५ लाख ६९ हजार ६६५, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु. तीन करोड ४४ लाख ३७ हजार ३५४ र एनआइसी एसिया बैंक रु. दुई करोड ३९ लाख ४७ लाख ७७१ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कन्काई विकास बैंकका शेयरधनीले आज ९.८८ प्रतिशतले कमाए । तारागाउँ रिजेन्सी होटेल ९.८०, माउन्टेन हाइड्रोपावर ५.७७, युनिभर्सल पावर कम्पनी ५.२६, गुडबिल फाइनान्स कम्पनीका शेयरधनीले ३.२० प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनी ९.८१, ग्रीन डेभलपमेन्ट बैंक ८.८७, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ५.०, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ४.५४, स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.५२ प्रतिशतले गुमाए ।