दोहोरो अङ्कले घट्यो शेयर बजार

दोहोरो अङ्कले घट्यो शेयर बजार


शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ ।

एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.६४ बिन्दुले घटेर २७५.४८ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।

बैंकिङ ११.०७, व्यापार २.६२, होटल २३.६३, विकास बैंक १३.५८, जलविद्युत् १९.०४, वित्त ५.२६, निर्जीवन बीमा ६७.६४, उत्पादन ५४.७८, अन्य ४.०१, लघुवित्त १२.५१, जीवन बीमा ५४.७३ र सामूहिक लगानी कोष ०.१४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज एनआइसि एशिया बैंकको नौ करोड ६ लाख तीन हजार ७५३ मा कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट ६ करोड सात लाख २६ हजार १८५, प्रभु बैंक पाँच करोड पाँच लाख ७४ हजार ५१०, नेपाल बैंक लिमिटेड तीन करोड ५७ लाख २४ हजार ७७ र प्रिमियर इन्स्योरेन्स कम्पनी तीन करोड ३० लाख ७६ हजार २१६ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै तारागाँउ रिजेन्सी होटलका शेयरधनीले ७.५०, गुराँस लघुवित्त वित्तीय संस्था ४.६६, कन्काई विकास बैंक ४.४९, रिलायन्स फाइनान्स ३.७० र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६० प्रतिशतले कमाए । स्टकका अनुसार पाँचथर पावर कम्पनी ९.५२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.५५, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.४९, माउण्टेन हाइड्रो ५.४५, स्पर्श लघुवित्त वित्तीय संस्था ५.२८ र कालिका पावर कम्पनीका शेयरधनीले ५।०५ प्रतिशतले गुमाए ।