सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको कर निर्धारणको विषयमा सुनुवाई सुरु भएको छ । मंगलबार न्यायाधीशहरु डम्बरबहादुर शाही, सुष्मालता माथेमा, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासमा एनसेलको कर विवादमाथिको सुनुवाई सुरु भएको हो ।
आज कानून व्यवसायीहरुले एनसेलका तर्फबाट धारणा राखेका छन् । तर यो क्रम नसकिएपछि अर्को पेशी असार १० गतेका लागि तोकिएको बुझिएको छ ।
ठूला करदाता कार्यालयले गत वैशाख ३ गते ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरेपछि त्यसविरुद्ध एनसेल वैशाख ९ गते सर्वोच्च गएको थियो । उक्त रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यो विषयलाई जेठ २१ गते बृहत पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही अनुसार आज वृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको हो ।
प्रतिक्रिया