नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य


बुधबार मध्यरातबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । अन्तराष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ घटाइएको छ । यसअनुसार अब पेट्रोल प्रतिलिटरको मूल्य ११० रुपैयाँ पर्छ । निगमका अनुसार अन्य पदार्थको मूल्य यथावत् रहने छ ।

मूल्य समायोजनपछि हुने पाक्षिक नाफा भने निगमले सार्वजनिक गरेको छैन । हरेक तीन तीन महिनामा मात्रै नाफा नोक्सान सार्वजनिक गर्न प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले निर्देशन दिएकाले नाफाको विवरण सार्वजनिक नगरिएको बुझिएको छ ।