निर्माण व्यवसायीको गर्जन : ‘साउन १ देखि निर्माणका काम रोक्छौं’

निर्माण व्यवसायीको गर्जन : ‘साउन १ देखि निर्माणका काम रोक्छौं’


नेपाल निर्माण व्यवसायी महासंघले आगामी साउन १ देखि मुलुकभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । महासंघले बुधबार राजधानीमा आयोजित राष्ट्रिय भेलामार्फत यस्तो निर्णय गरेको हो ।

सार्वजनिक खरिद नियमावली (छैटौं संशोधन)२०७५ का केही बुँदाका कारण काम गर्न नसक्ने भएका कारण आन्दोलित हुनुपरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । उनका अनुसार आन्दोलनका कार्यक्रम सार्वजनिक भएको र सुरुमा व्यवसायीले इजाजत पत्र सरकारलाई बुझाउने, कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने र निर्माण उपकरणमा पनि कालो झण्डा राखिने छ ।


मुलुकभर धर्नाको कार्यक्रम
महासंघका अध्यक्ष रवि सिंहले मुलुकभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रदेशस्थित मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीहरुले धर्ना दिने भएका छन् । यस्तै, सडकमा शान्तिपूर्ण ¥याली निकाल्ने र पछि आ–आफ्नो हेभी उपकरणसहित प्रदर्शन गर्ने महासंघको कार्यक्रम रहेको छ ।

टेण्डर बहिष्कारको आन्दोलनलाई पनि निरन्तरता दिने
महासंघले जेठ १४ बाट शुरु गरेको टेण्डर बहिष्कारको आन्दोलनलाई पनि एकैुाथ अघि बढाउने जनाएको छ । निर्माण व्यवसायीहरुको सुझावविरुद्ध आएको नियमावलीका केही बुँदाले समग्र निर्माण क्षेत्रलाई तहसनहस बनाउने भएकोले आन्दोलनमा उत्रिनुको विकल्प नरहेको अध्यक्ष सिंहको तर्क छ । उनले नियमावलीका केही बुँदा घातक रहेको र तिनका कारण निर्माण क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रमा समेत गम्भिर असर पुग्ने बताए ।