प्राइम कमर्सियलमा कन्काई गाभिने

प्राइम कमर्सियलमा कन्काई गाभिने


प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यसका लागि प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका छन । ओमसँगको मर्जर टुटेपछि प्राइमले कन्काईलाई प्राप्ति गर्न लागेको हो ।

यसका लागि बैंकले जेठ २६ गते ११ औ वार्षिक साधारणसभा बोलाएको छ । कन्काई गाभ्ने प्रस्ताव लैजाने या नलैजाने कुनै पनि विषय सार्वजनिक गरेको छैन । हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ भने कन्काईको ५१ करोड ५० लाख रुपैयाँ छ । यदि बराबरी हैसियतमा भएमा चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ ।