यात्रु अभावका कारण नेवानिको जापान उडान प्रभावित

यात्रु अभावका कारण नेवानिको जापान उडान प्रभावित


यात्रु अभावका कारण नेपाल वायु सेवा निगमको जापान उडान प्रभावित भएको छ । असार १९ देखि नियमित जापान उडान भर्ने गरी तयारी गरेको निगमले यात्रु अभावकै कारण उडान तालिका र निगमको योजना प्रभावित भएको हो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलकाअनुसार आगामी भदौदेखि जापान उडान गर्ने योजनाका साथ अहिलेको तालिकालाई सारेको सारिएको हो ।

निगमले वाइडबडी खरिदको एक वर्षपछि जापान उडान गर्ने तयारी गरेको थियो । निगमका कार्यकारी अध्यक्ष खरेलका अनुसार असार र साउन जापानका लागि ‘अफ सिजन’ रहेको र यात्रुको चाप न्यून भएकोले भदौमा उडान गर्ने तयारी गरिएको हो । उनले भदौमा ओसाका र नारिता गरी दुवै विमानस्थलमा उडान भर्ने योजनाका साथ तयारी अगाडि बढाएको जानकारी दिए ।